नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्वारा कर थप गरिएको सामानको कर हटाइएको सूची सार्वजनिक

2019-09-11 20:11:24 CRI

चिनियाँ राज्य परिषदअन्तर्गत भंसार कर निर्धारण समितिले सेप्टेम्बर ११ तारिख अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये पहिलोपटक बढाएको भंसार कर हटाउने सूची सार्वजनिक गरेको छ। यो सूची सन् २०१९ सेप्टेम्बर १७ तारिखदेखि लागू हुनेछ। अमेरिकाले आर्थिक तथा व्यापारिक संघर्ष सुरू गरेदेखि चीनले पहिलोपटक थप गरेको भंसार कर हटाउने सूची सार्वजनिक गरेको हो। यसको उद्देश्य सक्दो प्रयासमा चीनमा विदेशी व्यवसायका लागि आर्थिक तथा व्यापारिक संघर्षको प्रभावलाई कम पार्नु रहेको छ। यस कार्यले चीनले आर्थिक तथा व्यापारिक संघर्षको सामना गर्ने अविच्छिन्न शान्त तथा तर्कसंगत र व्यवसाय तथा सर्वसाधारणका लागि उच्चस्तरीय जिम्मेवारीवोध धारणा देखाएको छ।

एक वर्षदेखि अमेरिकी एकपक्षीयतावादी तथा संरक्षणवादी गतिविधिप्रति चीनले बाध्यतामा तीन चरणको जवाफी कदम चालेको छ। चीनले अमेरिकी सामानका लागि भंसार कर असुल्ने मूल लक्ष्य व्यवसायबाट भंसार कर लिनु होइन राष्ट्रिय केन्द्रीय हित र जनताको मूल फाइदाको सुदृढ संरक्षण गर्नु तथा उचित विकसित अधिकार र फाइदाको संरक्षण गर्नु हो। व्यापारिक युद्धमा कुनै पनि पक्ष विजयी हुँदैन। अमेरिकी ३०१ दफाको कदमको चीनले विरोध गर्दै थप भंसार करले चीनमा केही विदेशी व्यवसायमाथि प्रभाव पार्ने विचार चीनले गरेको छ। त्यसैले चीनले अमिकी व्यापारिक गलत व्यवहारको दृढताका साथ जवाफ दिनुका साथै चीनमा व्यवसायका लागि सक्दो प्रयासमा प्रभावलाई कम पारेको छ।

गत मे १३ तारिख थप भंसार कर असुल्ने अमेरिकी सामानप्रति परीक्षण रूपमा थप भंसार कर हटाउने कार्य गरेदेखि चीनका सम्बन्धित विभागले सबै आवेदनको राम्ररी समीक्षा गर्नुका साथै विभिन्न पक्षको सुझावलाई सुनुवाइ गरेको छ। यसको आधारमा अमेरिकाका लागि थप भंसार कर असुल्ने पहिलो चरणको सामानमध्ये पहिलोपटक थप भंसार कर हटाउने सूचीमा १६ प्रकारका सामान समेटिका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान