नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो-अन्तर्राष्ट्रिय जगत

2019-08-25 16:29:55

अमेरिकी सरकारले तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि 10 प्रतिशतको भन्सार कर थप्ने घोषणा गरेको थियो। अमेरिकाको कदमप्रति चीनले 23 तारिख बाध्यतावश जवाफी कदम प्रस्तुत गरेको छ। अगष्ट 24 तारिख अमेरिकाले लगभग 5 खर्ब 50 अर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि अझ बढी भन्सार कर थप्ने घोषणा गरेको छ। चीनले त्यसको कडा विरोध गरेको छ।

बेलायती लन्डन आर्थिक तथा वाणिज्य नीति विभागका पूर्व प्रमुख, अमेरिकी कोलम्बिया विश्वविद्यालयअन्तर्गत दिगो विकास केन्द्रका प्रमुख, अमेरिकी चीन-अमेरिका अनुसन्धान केन्द्रका प्रसिद्ध विद्वान, भारतका अर्थशस्त्री, ब्राजिलको चीनसम्बन्धी अनुसन्धान केन्द्रका प्रमुख, केन्याको अन्तर्राष्ट्रिय मामिला विशेषज्ञ लगायत देशी विदेशी विशेषज्ञ र अन्तर्राष्ट्रिय जनमतले यस विषयबारे छुट्टा-छुट्टै रूपमा धारणा व्यक्त गरेका छन्। यिनीहरूको विचारमा, भन्सार करमा चीनको जवाफी कदम अमेरिकी व्यापारिक बदमासीको सामना गर्न आवश्यक जवाफ हो। अमेरिकाबाट सुरू भएको चीन र अमेरिकाबीचको व्यापारिक संघर्ष क्रमशः चर्कंदैआएको छ। जसले अरू देशमाथि क्षति पुर्याउनुका साथै आफैंलाई पनि क्षति पुर्याउँदै जानेछ। अमेरिकामाथि आर्थिक क्षतिका साथै विश्वको अर्थतन्त्रमाथि पनि नकारात्मक प्रभाव पार्ने उनीहरूको विचार छ। अमेरिकाले रचनात्मक भूमिका खेलेर छलफलद्वारा मतभेदको समाधान गर्ने ट्रयाकमा फर्कनुपर्ने उनीहरूको सुझाव छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान