नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ताद्वारा मकाउका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

2019-08-25 15:42:04

चीनको राज्य परिषदअन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य व्यक्त गर्दै ह यि छङ निर्वाचित हुनुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन “जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन” र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताउनुभयो।

प्रवक्ता याङकाअनुसार, केन्द्रीय सरकारले निर्वाचनसम्बन्धी मकाउ विशेष प्रशासनिक क्षेत्रको प्रतिवेदन पाएपछि कानूनबमोजिम नियुक्तिको मामिलालाई कार्यान्वयन गर्ने छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान