नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

मकाउका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा मकाउ प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य

2019-08-25 15:32:43

मकाउ विशेष प्रशासनिक क्षेत्रका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिले अगष्ट 25 तारिख मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुख प्रशासकको निर्वाचन नतिजाबारे मन्तव्य दिनुभएको छ। ती जिम्मेवार व्यक्तिले आज मकाउ विशेष प्रशासनिक क्षेत्रले कानूनबमोजिम आयोजना गरेको पाँचौं प्रमुख प्रशासकको निर्वाचनमा ह यि छङ अत्याधिक मतले निर्वाचित भएकोमा ह यि छङलाई शुभकामना दिएको बताउनुभयो।

ती जिम्मेवार व्यक्तिकाअनुसार, मकाउको विभिन्न क्षेत्र र वासिन्दाले मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन र निर्वाचनसम्बन्धी कानूनको दृढताका साथ संरक्षण गरेका छन् भने निर्वाचनमा सक्रियताका साथ संलग्न भएर नयाँ प्रमुख प्रशासक र विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारको प्रतिक्षा गरेको बताउनुभयो।

नवनियुक्त ह यि छङले प्रमुख प्रशासकको पद सम्हालेपछि विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकार र वासिन्दाको नेतृत्व गरी नयाँ युगको मकाउको निर्माण गरेर अझै सुन्दर बनाउने पनि उनको उपेक्षा थियो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान