नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

ह यी छङ मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा विजयी

2019-08-25 14:47:16

मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखको निर्वाचन 25 तारिख पूर्वी एशियाली खेलकुद मैदानको अन्तर्राष्ट्रिय बैठक केन्द्रमा आयोजित भएको छ। ह यी छङ 392 मत पाएर मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौं प्रमुखमा निर्वाचित हुनुभयो।

मकाउका “प्रमुखको निर्वाचन कानून” अनुसार, पूर्ण निर्वाचन समितिका दुई तिहाइ सदस्यले मत हालेमा निर्वाचन प्रभावकारी मानिन्छ। उम्मेवारको मत निर्वाचन समितिका सबै सदस्यको 50 प्रतिशत अर्थात् दुई सय मतभन्दा बढी भएमा विजय हुनेछ। सोही दिन निर्वाचन समितिका पूरै चार सय जना सदस्यहरूले मत हालेका छन्।

मकाउको आधारभूत कानूनको नियममा विशेष प्रशासनिक क्षेत्र प्रमुखको व्यापक प्रतिनिधित्व रहेको निर्वाचन समितिले निर्वाचित गरेपछि केन्द्रिय सरकारले नियुक्त गर्नुपर्छ। प्रमुखको कार्यावधि पाँच वर्षको हुन्छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान