नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकार उल्लंघन

2019-08-24 17:10:52

चीनको मानवअधिकार अनुसन्धानालयले २४ तारिख ‘अमेरिकामा बन्दुक हिंसाबाट मानवअधिकारको गम्भीर उल्लंघन भन्ने अन्त्यहीन ठूलो समस्या' भन्ने लेख प्रकाशित गरेको छ। अमेरिकामा बन्दुक हिंसा भन्ने दीर्घकालीन समस्याबाट मानवअधिकारको गम्भीर उल्लंघन भइरहेको र मानवअधिकार क्षेत्रमा अमेरिकाले दोहोरो मापदण्ड अपनाइरहेको वास्तविकतालाई सो लेखमा प्रष्ट्याइएको छ।

अमेरिकामा भइरहेका बन्दुक हिंसा दुर्घटनाबाट थुप्रै हताहती भएको र तीमध्येका गम्भीर हत्याबाट सार्वजनिक सुरक्षामा ठूलो धम्की दिइरहेको सो लेखमा जनाइएको छ। बन्दुक हिंसाबाट मानवअधिकार विशेष गरी अमेरिकीहरूको बाँच्ने अधिकारको प्रत्यक्ष उल्लंघन गरेको पनि औंल्याइएको छ। साथै ती दुर्घटनाहरूबाट अझ बढी हिंसा तथा अपराधलाई प्रोत्साहित गरिएकोले अमेरिकी समाजको सुरक्षालाई ठूलो परिमाणमा घटाइएको पनि जनाइएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान