नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकाले आफ्नो कार्वाहीबारे पुनः विचार गर्नुपर्ने चीनको आग्रह

2019-08-24 17:10:04

अगष्ट २१ तारिख अमेरिका सरकारले ‘हात-हतियार नियन्त्रण, आणविक अप्रसार तथा निशस्त्रीकरण सम्बन्धि प्रतिवद्धता सम्बन्धी वार्षिक प्रतिवेदन' सार्वजनिक गरेको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले अमेरिकाले गर्नुपर्ने काम भनेको अरू मुलुकबारे चर्चा गर्ने न्यायाधीश बन्नु होइन, बरू पहिला आफ्नो जिम्मेवारी लिनु र वचन कार्यान्वयनबारे पुनः विचार गर्नु रहेको औंल्याउनुभएको छ।

‘हात-हतियार नियन्त्रण, आणविक अप्रसार सन्धि तथा प्रणाली नै अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा स्थिरताको संरक्षण गर्ने महत्वपूर्ण टेवा हुन् र ती विषयको अक्षरसः पालना गरी व्यवहारमा उतार्नुपर्छ', प्रवक्ता कङले भन्नुभयो। साथै उहाँले चीनले जिम्मेवारीवोध गर्दै आफ्नो वचन तथा अन्तर्राष्ट्रिय जिम्मेवारी ध्यानपूर्वक कार्यान्वयन गरिरहेको कुरा अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वविदितै रहेको पनि बताउनुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान