नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङ चीनको भएकाले अमेरिकी हात र हस्तक्षेप स्वीकार्य छैनः चिनियाँ परराष्ट्र मन्त्रालय

2019-08-24 16:28:59

हङकङ चीनको हो। हङकङको मामिला चीनको आन्तरिक मामिला हो। त्यसमा अमेरिकी हात वा हस्तक्षेप हुनुहुँदैन, चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 23 तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्राप्त जानकारीअनुसार, अमेरिकी कांग्रेसका एक सिनेट एडिसोन मिचेल मेककोन्नलले सञ्चार माध्यममा “हामी हङकङसँगै छौं” विषयक लेख प्रकाशित गर्नुभएको छ।

त्यसप्रति प्रवक्ता कङले यसरी टिप्पणी गर्नुभयो- अमेरिकाका केही व्यक्तिले हङकङमा भएको हिंसात्मक अवैध घटनाको निन्दा गर्नुको सट्टा हङकङ मामिलामाथि अमेरिकी हस्तक्षेपबारे कुनै प्रतिक्रिया समेत दिएका छैनन्। बरू विशेष प्रशासनिक क्षेत्र सरकारको वैधानिक कदम र चीनको सामाजिक परिपाटी र आन्तरिक तथा वैदेशिक नीतिको उल्लंघन पनि अपव्याख्या गरेका छन्। यस्ता हिंसा र संघर्ष उक्साउने र सार्वजनिक रूपमा अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नेजस्तो कार्वाही कसैले पनि स्वीकार गर्न सक्दैन।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान