नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनबाट 75 अर्ब अमेरिकी डलरको अमेरिकी सामानका लागि भन्सार कर थप्ने

2019-08-24 16:24:47

अगष्ट 15 तारिखका दिन अमेरिकी सरकारले तीन खर्ब अमेरिकी डलरको चिनियाँ सामानका लागि 10 प्रतिशतको भन्सार कर थप्ने घोषणा गरेको थियो। यो निर्णय बेग्ला-बेग्लै रूपमा सेप्टेम्बर 1 तारिख र डिसेम्बर 15 तारिखदेखि व्यवहारमा उतार्नेछ।

अमेरिकाको कदमप्रति चीनले बाध्यतामा जवाफी कदम चाल्नुपर्ने भएकाले “जन गणतन्त्र चीनको भन्सार कानून”, “जन गणतन्त्र चीनको वैदेशिक व्यापार कानून”, “जन गणतन्त्र चीनको आयात-निर्यात भन्सार कर नियम” लगायत कानून-नियम र अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त बमोजिम चिनियाँ राज्य परिषदको स्वीकारमा भन्सार कर नियम समितिले 5078 कर आइटम अर्थात 75 अर्ब अमेरिकी डलरको अमेरिकी सामानका लागि छुट्टा-छुट्टै 10 र 5 प्रतिशतको भन्सार कर थप्ने निर्णय गरेको छ। यो निर्णय सेप्टेम्बर 1 तारिख र डिसेम्बर 15 तारिखको बाह्र बजेर 1 मिनेटदेखि व्यवहारमा उतार्नेछ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान