नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्वारा विवेकपूर्ण र संयमपूर्ण कदममार्फत सटीक जवाफी कारवाही

2019-08-24 15:53:17

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले चीनबाट आयात गर्ने करीब 3 खर्ब अमेरिकी डलरको सामानका लागि दुई खेपमा 10 प्रतिशतको भन्सार कर असुल्ने कुराको घोषणा गरेको छ। चीनले अगष्ट 23 तारिख चीनको सम्बन्धित कानून तथा नियम र अन्तर्राष्ट्रिय ऐनको आधारभूत सिद्धान्त बमोजिम अमेरिकामा उत्पादित 5078 वटाका करीब 75 अर्ब अमेरिकी डलरको निर्यात हुने सामानका लागि 10प्रतिशत र 5प्रतिशतको भन्सार कर असुल्ने, ती भन्सार कर चालू वर्षको सेप्टेम्बर एक तारिख र डिसेम्बर पन्ध्र तारिख बेग्ला-बेग्लै रुपमा असुलिने कुराको घोषणा गरेको छ। साथै चीनले अमेरिकामा उत्पादित मोटर गाडी र कलपूर्जाका लागि 25प्रतिशत र 5प्रतिशतको भन्सार कर पुनःअसुल्ने, ती भन्सार कर चालू वर्षको डिसेम्बर पन्ध्र तारिखदेखि लागू गरिने कुरा व्यक्त गरेको छ।

यो चीनले अमेरिकाको एकपक्षीयतावाद र व्यापारिक संरक्षणवादको सामना गर्न चाल्ने जवाफी कारवाही कदम हो। चीनको जवाफी कारवाही उचित र वैधानिक छ। चीनले जवाफी कदम चाल्नुको उद्देश्य राष्ट्रिय केन्द्रिय हित र जनताको मलभूत हितको संरक्षण गर्नु हो।

ठोस कदमबाट हेर्दा कृषि उपजको उदाहरण लिउँ, चीन अमेरिकाको सबैभन्दा ठूलो विदेशी बजार हो। सन् 2017मा अमेरिकाले निर्यात गरेको भटमासमध्ये 57प्रतिशतको भटमास चीनतर्फ बिक्री गरिएको थियो। तर सन् 2018यता अमेरिकाले भन्सार कर असुल्ने र चीनले जवाफी कारवाही कदम चाल्ने गर्दाका असरबाट अमेरिकाले चीनतर्फ निर्यात गरेको भटमासको कुल मात्रामा घटेर कुल निर्यात मात्राको 17.9प्रतिशत पुगेको थियो।

विश्वको सबैभन्दा ठूलो मोटर गाडी बजारको रुपमा रहेको चीनले सन् 2018 जुलाई एक तारिखदेखि मोटर गाडी र कलपूर्जाको निर्यात भन्सार कर ठूलो मात्रामा घटाएको थियो। तर अमेरिकी मोटर गाडी र कल पूर्जा कम्पनीहरू यसबाट लाभान्वित भएका छैनन्। गत वर्षको अन्त्यमा चीन र अमेरिकाका राष्ट्रनायकहरूबीचको अर्जेन्टिना भेटघाटमा सहमति भएपछि चीनले अमेरिकामा उत्पादित मोटर गाडी र कल पुर्जाका लागि भन्सार कर असुल्न स्थगित भएको थियो। तर अमेरिकाले दुई मुलुकका राष्ट्रनायकको सहमतिको उल्लंघन गरेको छ। त्यसैले चीनले अमेरिकबाट आर्यातित मोटर गाडि र कल पुर्जाका लागि भन्सार कर पुनःअसुल्ने छ। अमेरिकी मोटर गाडी कम्पनीहरू फेरि व्यापारिक द्वन्द्वबाट असर पर्ने पक्ष बनेका छन्।

चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक विवादबारे चीनले सहयोगको तरीकामार्फत समाधान गर्ने आशा लिएको तर केही महत्वपूर्ण सैद्धान्तिक समस्यामा सम्झौता गर्दैन।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान