तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनका राष्ट्राध्यक्ष सीको कान सु प्रान्तको भ्रमण निरन्तर

2019-08-21 15:14:05

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले कान सु प्रान्तको भ्रमण जारी राख्नुभएको छ।

20 तारिख बिहान राष्ट्राध्यक्ष सीले स्थानीय ग्रेटवालको च्या यु क्वान नामक नाकाको निरीक्षण गरेर ग्रेटवालसम्बन्धी पुरातात्विक संरक्षण र इतिहास तथा सँस्कृतिको उत्तराधिकार तथा प्रसारबारे जानकारी लिनुभयो। त्यसपछि उहाँले चाङ ये शहरीय काउ थाइ जिल्लामा चिनियाँ मजदुर र किसान लालसेनाको पश्चिमी शाखा स्मारक र चिहानमा सम्मान स्वरूप पुष्पगुच्छा चढाउनुभयो।

सोही दिन दिउँसो, राष्ट्राध्यक्ष सीले चाङ ये शहरीय शानतान फैलि विद्यालयमा स्थानीय व्यावसायिक शिक्षा तथा तालिमको बारेमा जानकारी लिनुभएको छ। त्यसपछि उहाँले स्थानीय घोडा मैदानमा छिल्यान पहाडमा पर्यावरणको पुनर्स्थापना कार्यबारे जानकारी लिनुभयो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान