नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनको परराष्ट्र मन्त्रालयद्वारा क्यानाडासँग हङकङ समस्याबारेको भनाई र गराईमा सतर्क हुन आग्रह

2019-08-20 18:58:33

हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिलान्डले हङकङ परिस्थितिबारे वक्तव्य प्रकाशित गर्नुभएको छ। चालू वर्षको मे महिनायता फ्रिलान्डले हङकङ समस्याबारे वक्तव्य प्रकाशित गर्नुभएको यो तेस्रो पटक हो। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बीस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा क्यानाडाले हङकङ मामिलाबारे छलफल गर्ने अधिकार र योग्यता नभएको बताउँदै चीनले क्यानाडासँग हङकङ समस्यामा सतर्क भएर बोल्न तथा गतिविधि गर्न कडाइका साथ आग्रह गरेको बताउनुभएको छ।

प्रवक्ता कङ श्वाङले क्यानाडाले चीनको गम्भीर अडानको वेवास्ता गरी र अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत सिद्धान्त विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोमा चीनले कडा असन्तुष्टि व्यक्त गर्दै दृढताका साथ विरोध गरेको बताउनुभयो। हङकङ मामिला चीनको आन्तरिक मामिला हो भन्दै कुनै पनि मुलुक, संगठन र व्यक्तिले हङकङ मामिलाको हस्तक्षेप गर्नुहुँदैन भन्ने कुरामा प्रवक्ता कङले जोड दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान