नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

राष्ट्र पृथक पार्ने भनाइ र गतिविधि विरूद्धको विदेशस्थित चिनियाँको आक्रोश स्वाभाविक-चिनियाँ परराष्ट्र मन्त्रालय

2019-08-20 16:06:17

हाल क्यानडा, अस्ट्रेलिया लगायत क्षेत्रमा हङकङ जुलुश र प्रदर्शनका समर्थक र हङकङ प्रहरीका समर्थकहरूबीचको संघर्ष देखिएको छ। विदेशमा अध्ययनरत विद्यार्थी लगायत चिनियाँ नागरिकहरूले राष्ट्रलाई पृथक पार्ने र चीनको छवि धमिल्याउने भनाइ तथा गराईप्रति आक्रोश र विरोध प्रकट गरेका छन्। यो ज्यादै सही र भावनाअनुकूल धारणा भएको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बताउनुभएको छ। उहाँले 19 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँले विदेशमा रहेका चिनियाँ नागरिकहरूसँग तर्कसंगत रूपमा देशभक्तिको भावना व्यक्त गर्नुका साथै आफ्नोपन सुरक्षाको संरक्षण गर्ने आशा गर्नुभयो। उहाँका अनुसार, चीन सरकारले सधैं विदेशस्थित चिनियाँ नागरिकसँग स्थानीय कानून र नियमको पालना गर्न आग्रह गरेको छ। चीनले सम्बन्धित मुलुकसँग चिनियाँ नागरिकको वैधानिक गतिविधिलाई सम्मान गर्नु र बुझ्नुका साथै उनीहरूको वैधानिक अधिकार र लाभको प्रत्याभूति र संरक्षण गर्ने आशा गरेको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान