नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुचेष्टा विफल

2019-08-20 14:50:48

अमेरिकाले हङकङ समस्यालाई चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक सम्झौतासँग प्रत्यक्ष रुपमा जोडेको छ। अमेरिकाले थाइवानलाई आठ अर्ब अमेरिकी डलरको एफ-16वी सैन्य विमान बिक्री गर्ने कुरा व्यक्त गरेको छ। केही अमेरिकीको श्रृंखलावद्ध कर्तुतहरूले तथाकथित निष्पक्ष व्यापार र वाक् स्वतन्त्रताको झूटो घुम्टी उतारेको छ।

चीनले समान र पारस्परिक सम्मानका आधारमा अमेरिकासँग छलफल गर्ने आशा लिएको छ तर महत्वपूर्ण सैद्धान्तिक समस्यामा सम्झौता गर्दैन। हाल अमेरिकी व्यापारिक प्रतिनिधि कार्यालयले चीनबाट निर्यात गर्ने करीब तीन खर्ब अमेरिकी डलरको सामानका लागि थप 10प्रतिशतको भन्सार कर असुल्ने कुराको घोषणा गरेको छ। चीनले वास्तविक कारवाहीमार्फत राष्ट्रिय हित र जनताको मलभूत हितको संरक्षण गर्ने अठोट फेरि देखाएको छ।

चीनले अरु मुलुकको हितमार्फत आफ्नो विकास गर्ने छैन र आफ्नो वैधानिक हित पनि त्याग्ने छैन। आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुनै पनि कुचेष्टा विफल हुने छ।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान