नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्ने कुचेष्टा विफल

2019-08-20 14:50:48

अमेरिकी उपराष्ट्रपति माइकल पेन्सले यही अगष्ट 19 तारिख डेट्रोइट आर्थिक क्लबमा मन्तव्य दिँदै अमेरिकाले “चिनियाँ जनतालाई सम्मान गरेको”, चीनको बजारलाई हानी पुर्याउने कुनै आशा नलिएको बताउनुभयो। साथै उहाँले अमेरिकाले चीनसँग आर्थिक तथा व्यापारिक सम्झौता गर्ने हो भने चीनले सन् 1984 मा हस्ताक्षरित “चीन-बेलायत संयुक्त वक्तव्य”बमोजिम हङकङको कानूनको पूर्णतालाई सम्मान गर्ने लगायतका विभिन्न प्रतिवद्धता पालना गर्नुपर्ने कुरा बताउनुभएको छ।

उप राष्ट्रपति पेन्सको भनाई झूटो र वाहियात हो। उहाँको भनाईले आर्थिक तथा व्यापारिक समस्यालाई राजनीतिकरण गर्दै चीनको आन्तरिक मामिलाको हस्तक्षेप गर्नुका साथै चीनमाथि दवाव थप्ने र अवरोध गर्ने कुचेष्टा लिएको देखिन्छ।

चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक छलफलको एक वर्षको प्रक्रियाको सिंहावलोकन गरेअनुसार, दुई पक्षको छलफलमा हरेक पटक कठिनाइ देखिनुको कारण अमेरिकाले सहमति उल्लंघन गर्नु र प्रतिवद्धतालाई व्यवहारमा नउतार्नु नै हो। अमेरिकाले एकातिर भन्सार करको अडान लिएर आफू र अरुमाथि क्षति पुर्‍याएको छ भने अर्कातिर चिनियाँ जनतालाई सम्मान र चिनियाँ बजारमा क्षति गर्ने मनसाय नलिको बताउँछ।

उप राष्ट्रपति पेन्सले इतिहासको पाठ फेरि एकपटक पढ्नुपर्ने छ। उहाँले मन्तव्यमा चर्चा गर्नुभएको “चीन-बेलायत संयुक्त वक्तव्य” चीन र बेलायतले सन् 1984मा चीनले हङकङलाई सर्वभौमिकता पुनःलागू गर्ने र संक्रमणकालीन कालसम्बन्धी अवस्थाका लागि हस्ताक्षर गरेको राजनीतिक दस्तावेज हो। सन् 1997 जुलाई एक तारिखका दिन हङकङ चीनमा समाहित भएपछि “चीन-बेलायत संयुक्त वक्तव्य”मा लेखिएको र बेलायतसम्बन्धी अधिकार तथा दायित्व सम्पूर्ण रुपमा कार्यान्वयन गरिएको छ। उक्त वक्तव्य ऐतिहासिक दस्तावेज बनिसकेको छ। चीन सरकारले संविधान र हङकङ आधारभूत ऐनअनुसार हङकङलाई सर्वभौमिकता लागू गरिरहेको छ। अमेरिकी उप राष्ट्रपतिको रुपमा पेन्सले एक ऐतिहासिक दस्तावेज लिएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान