नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

प्रथम राष्ट्रिय पार्क मञ्चलाई राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना

2019-08-19 15:41:49

प्रथम राष्ट्रिय पार्क मञ्च शुभारम्भ भएको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बधाई तथा शुभकामना सन्देश पठाउँदै मञ्चमा सहभागी विभिन्न मुलुकका अतिथिहरू र विभिन्न क्षेत्रका व्यक्तिहरूलाई हार्दिक स्वागत गर्नुभएको छ।

उहाँले बधाई सन्देशमा पर्यावरणीय सभ्यता निर्माण मानव सभ्यता विकास तथा प्रगतिका लागि निकै महत्वपूर्ण अर्थ रहेको बताउँदै हालैका वर्ष यता चीनले राष्ट्रिय पार्क व्यवस्था लागू गर्नुको उद्देश्य प्राकृतिक पर्यावरण प्रणालीको मौलिकता र पूर्णताको संरक्षण गर्नु, जैविक विविधताको संरक्षण गर्नु, पर्यावरणीय सुरक्षा पर्दाको संरक्षण गर्नु, आगामी पुस्ताका लागि मूल्यवान प्राकृतिक श्रोत साधन जगेर्ना गर्नुरहेको बताउनुभयो।

यही अगष्ट 19 तारिख बिहान प्रथम राष्ट्रिय पार्क मञ्च चीनको छिङ हाई प्रान्तको सी निङ शहरमा शुरु भएको छ। उक्त उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश सुनाइएको हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान