नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

‘सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्य श्वेत पत्र' सार्वजनिक

2019-08-16 11:09:35

चीनको राज्य परिषद प्रेस कार्यालयले १६ तारिख ‘सिन्च्याङको पेशागत शिप शिक्षा तालिम कार्य श्वेत पत्र' सार्वजनिक गरेको छ।

आतंकवाद, उग्रवाद मानवजातिको साझा शत्रु भएको र यसलाई हटाउनु नै अन्तर्राष्ट्रिय समाजको साझा जिम्मा भएको कुरा सो श्वेत-पत्रमा औंल्याइएको छ। आतंकवाद तथा उग्रवादको गहिरो असरमा परेको सिन्च्याङको जनजीवनका साथै सुरक्षामा ठूलो चुनौती देखिएकोले यो नै चीनमा आतंकवाद तथा उग्रवादविरूद्धको मुख्य युद्धस्थल हो। सिन्च्याङमा आतंकवाद प्रतिरोध कार्यक्रम तथा जनसुरक्षाबीचको कदमका लागि कानून वमोजिम पेशागत शिप शैक्षिक तालिम केन्द्रको स्थापना भएकोले आतंकवादी गतिविधि बारम्बार भएको प्रवृत्तिलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको छ साथै सबभन्दा ठूलो परिधिमा विभिन्न जातिका मानिसहरूको बाँच्ने अधिकार, स्वास्थ्य अधिकार तथा विकास अधिकारको प्रत्याभूति दिइएको छ।

व्यवहारबाट प्रमाणित गरिए अनुसार, सिन्च्याङमा भइरहेका शैक्षिक तालिमबाट आतंकवाद तथा धार्मिक उग्रवादको फैलावटलाई प्रभावकारी रूपमा हटाइएको साथै विभिन्न जातिका मानिसहरूको बाँच्ने अधिकार, स्वास्थ्य अधिकार तथा विकास अधिकारको वास्तविक प्रत्याभूति दिइएको छ। यसले गर्दा सिन्च्याङमा सामाजिक स्थिरतालाई साकार तुल्याइनुका साथै क्षेत्रीय सुरक्षाको पनि राम्रोसँग संरक्षण गरिएको छ। यस्तो कदम अन्तर्राष्ट्रिय समाजमा आतंकवाद तथा उग्रवाद विरोधी आधारभूत भावना तथा सिद्धान्त एवम् विश्वका विभिन्न मुलुकका जनताको आधारभूत हित तथा माँगसँग अनुकूल भएको सो श्वेत-पत्रमा पुष्टि गरिएको छ।

सिन्च्याङमा संचालित शैक्षिक तालिमको उद्देश्य नै जरैबाट आतंकवाद तथा धार्मिक उग्रवादलाई हटाउनु हो र यो नै मानवअधिकारको आदर तथा प्रत्याभूति दिइने कदम भएको पनि श्वेत-पत्रमा उल्लेख गरिएको छ।

सिन्च्याङमा शैक्षिक तालिममा सुधार गर्दै विभिन्न जातिका मानिसहरूको विविध आधारभूत हक-अधिकारको प्रत्याभूति दिन तथा सिन्च्याङको सामाजिक स्थिरता तथा दीर्घकालीन सुरक्षाको लागि अथक प्रयास गरिँदै जाने पनि श्वेत-पत्रमा बताइएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान