नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङमा राष्ट्रिय झण्डाको अपमान गर्ने बिरुद्ध कानुनी कार्वाही हुने

2019-08-04 16:45:25

चिनियाँ राज्य परिषद हङकङ, मकाउ मामिला कार्यालयका प्रवक्ताले अगष्ट ४ तारिख अघिल्लो दिन बेलुकी केही उग्र प्रदर्शनकारीले एउटा भवनमा फहराइएको राष्ट्रिय झण्डालाई भवनबाट च्यातेर समुद्रमा फ्याँकेको घटनाबारे चर्चा गर्नुभएको छ। यस्तो भयानक गतिविधिको कडा निन्दा पनि प्रवक्ताले गर्नुभएको छ।

हङकङ प्रशासकीय क्षेत्रीय प्रहरी तथा कानुनी संस्थाले कानुन वमोजिम चाँडै नै ती तत्वहरूलाई सजाइ दिने पनि प्रवक्ताले बताउनुभयो। थोरै संख्यामा रहेका ती उग्र व्यक्तिले राष्ट्रिय झण्डाको अपमान गरेको गतिविधिबाट फेरि एक पटक के प्रमाण दिइएको छ भने ती गतिविधिहरू स्वतन्त्र रूपमा विचार व्यक्त गर्ने परिधिको उलंघन गरेर अपराध बनेको छ र यस्तो गतिविधिको कानुन वमोजिम कडा सजाइ दिनुपर्छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान