नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हङकङ प्रहरीद्वारा २० जना अबैध प्रदर्शनकारी पक्राउ

2019-08-04 14:53:37

अगष्ट ३ तारिख हङकङको खाउलुनमा भएका केही प्रदर्शनकारीहरूले हिंसात्मक रूपमा प्रहरी स्टेशनमाथि प्रहार गरेर सवारी साधनलाई ध्वस्त पारेका छन्। उनीहरूले आगो पनि लगाएका छन्। यसका अतिरिक्त, केही शंकास्पद प्रदर्शनकारीले राष्ट्रिय झण्डालाई पनि जानाजानी ध्वस्त गरेकाले ‘राष्ट्रिय झण्डा तथा चिन्ह नियम' को उलंघन गरेका छन्। उक्त जानकारी हङकङ विशेष प्रशासनिक क्षेत्रीय सरकारले आज अगष्ट ४ तारिख बिहान सार्वजनिक गरेको हो। हङकङ सरकारले सोही दिन उग्र प्रदर्शनकारीले जानाजान सामाजिक स्थिरता तथा सुरक्षा भङ्ग गरेको र देशको सार्वभौमसतामाथि चुनौती पनि खडा गरेकोमा कडा निन्दा गरेको छ। हङकङ प्रहरीले सोही दिन अबैध भेला भएका वा प्रहरीलाई आक्रमण गरेका २० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

विशेष प्रशासनिक क्षेत्रीय सरकारका प्रवक्ताले हालै माग राख्ने नाउमा गरिरहेको जुलुस प्रदर्शनमा कानुन विपरीत वा बाटोमा बाधा सिर्जना गर्ने गतिविधि चर्कँदै गएको र सभ्यतायुक्त समाजमा स्विकृत बोल्ने स्वतन्त्रताको परिधिबाट बाहिर गइसकेको औँल्याएको छ। हङकङ प्रहरीले कानुन वमोजिम कारवाही गर्दै हिंसात्मक प्रदर्शनकारीमाथि कानुनी सजाय दिनेछ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान