नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकामा गरिबी निवारणसम्बन्धी चाइना मिडियो ग्रुपको वृत्तचित्र

2019-08-02 16:54:18

विदेशीको दृष्टिकोणअनुसार चीनको “सटिक लक्ष्यसहित गरिबी निवारण”सम्बन्धी वृत्तचित्र स्थानीय समय जुलाई ३१ तारिख अमेरिकी सार्वजनिक टेलिभिजन नेटवर्क क्यालिफोर्निया टेलिभिजनअन्तर्गत पीबीएस सोकलको सुनौलो समयमा प्रसारण भएको छ।

“अग्रभागबाट आएको आवाजः गरिबीसँग चीनको युद्ध” शीर्षकको यो वृत्तचित्र चीनको गरिबी निवारणबारे गहिरो रुपमा जानकारी दिनेसम्बन्धमा अमेरिकी मुख्य सञ्चार-माध्यमद्वारा पहिलो पटक प्रसारण गरिएको टेलिभिजन कार्यक्रम हो।

यो वृत्तचित्र चिनियाँ समस्यासम्बन्धी अमेरिकी प्रसिद्ध विशेषज्ञ, “चीनको सुधार मैत्री पुरस्कार”का विजेता एवं चाइना मिडिया ग्रुपका विशेष संचालक रोबर्ड लाउरेन्स कुन्हद्वारा अध्यक्षता गरिएको हो। अमेरिकी प्रसिद्ध निर्देशक एवं एम्मी पुस्कार विजेता पिटर गेजेल्सले चीन र अमेरिका छायाङ्कन टोलीको नेतृत्व गर्नुभएको थियो।

यो वृत्तचित्रको छायाङ्क दुई वर्षसम्म चलेको थियो। छायाङ्क टोलीले चीनको क्वै चौ, कान सु, सिन्च्याङ, वल्लो शान सी, स छ्वान, हाई नान पुगेर चीनको गरिब परिवारको अवलोकन गरेको थियो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान