नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

“चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धी श्वेत पत्र

2019-06-02 11:02:59 CRI

चीनको राज्य परिषद्को प्रेस कार्यालयले आज “चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” विषयक श्वेतपत्र सार्वजनिक गरेको छ। यो श्वेत पत्रले सकारात्मक रुपमा चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्ताका आधारभूत अवस्थाबारे जानकारी दिनुका साथै चीन-अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको राजनैतिक अडानबारे पुष्टि गरेको छ।

श्वेत पत्रले जनाएअनुसार, चीन-अमेरिका आर्थिक व्यापारिक सम्बन्ध दुई मुलुक बीचको सम्बन्धको “आधारभूत कोषेढुंगा” तथा “प्रवर्द्धन यन्त्र”मानिएको हुन्छ। जुन दुइ मुलुकका जनताको आधारभूत हित र विश्वको समृद्धि तथा स्थिरतासित सम्बन्धित छ।

श्वेतपत्रले ‌औंल्या‌‍‌एअनुसार, अमेरिकाले हाल चीनको भन्सार कर वृद्धि हुने कुरा सार्वजनिक गर्नुले द्विपक्षीय आर्थिक व्यापारिक समस्याको समाधानका लागि सहयोग पुर्याएको छैन। चीनले यसको कडा विरोध गर्नुका साथै आफ्नो वैधानिक हित संरक्षण गर्नका लागि बाध्य भएर प्रतिक्रिया जनाउनुपरेको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान