नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान नहुने

2019-06-02 11:01:23 CRI

अमेरिकाले भन्सार कर असुल्ने कदम चालेकोबाट अमेरिकी आर्थिक वृद्धिलाई अघि बढाउनुको सट्टामा गम्भीर क्षति पुर्याउने छ। उक्त कुरा 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र'मा उल्लेख गरिएको छ।

तत्काल हुने क्षतिहरूमा अमेरिकी उद्यमहरूको उत्पादन खर्चको वृद्धि, अमेरिकी बजारभाउको वृद्धि, अमेरिकी आर्थिक वृद्धि तथा जनजीवनमा प्रभाव तथा अमेरिकाबाट चीनलाई निर्यातमा बाधा पुर्याइने लगायत रहेका छन्। अमेरिकी वाणिज्य संघ लगायतका संस्थाहरूले सार्वजनिक गरेको संयुक्त प्रतिवेदन बमोजिम, अमेरिकाले चीनबाट अमेरिकालाई निर्यात सबै उत्पादित वस्तुमाथि २५ प्रतिशत भन्सार कर असुलेमा आगामी १० वर्षमा अमेरिकाको गार्हस्थ उत्पादन परिमाण १० खरब अमेरिकी डलरभन्दा कम हुने छ। 

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान