नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

अमेरिकाको भन्सार कर असुलीबाट आफू र अरू दुवैका लागि क्षति

2019-06-02 11:00:46 CRI

अमेरिकी सरकारले चीनबाट आयात गरिने उत्पादनमाथि भन्सार कर असुलेबाट आपसी व्यापार तथा लगानी सहयोगमा बाधा पुर्याएको साथै दुवै देश लगायत विश्व बजारप्रति विश्वास तथा स्थिर आर्थिक परिचालनमा असर पारिरहेको छ। उक्त कुरा चीनले २ तारिख सार्वजनिक गरेको 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान नामक श्वेत-पत्रमा औंल्याइएको छ।

सो श्वेत-पत्रमा उल्लेख गरिएको छः चालू वर्षको अप्रिलसम्म चीनबाट अमेरिकालाई निर्यात गरेको परिमाण लगातार ५ महिनासम्म घट्दै आएको छ भने अमेरिकाले चीनलाई निर्यात गरेको परिमाण लगातार ८ महिनासम्म घटिरहेको छ। चीन-अमेरिका व्यापार द्वन्द्वबाट ल्याइएको अनिश्चितताको कारणले आपसी लगानी सहयोग दुवै देशका व्यवसायहरूले पर्खिरहेका छन्। चीनले अमेरिकामा गरेको लगानी निरन्तर रूपमा घटिरहेको छ भने अमेरिकाले चीनमा गरेको लगानीको वृद्धि दर पनि स्पष्टसँग कम हुँदै जान्छ। यसै सन्दर्भमा विश्व व्यापार संगठनले विश्व व्यापार वृद्धि दर २०१९ लाई ३.७बाट २.६ प्रतिशतसम्म तल राखेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान