नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

शेयर बजार तथा विनिमय दर स्थिर पार्ने क्षमता चीनसँग

2019-06-01 18:55:12

अमेरिकाले उठाएको आर्थिक व्यापारिक द्वन्द्वको सामना गर्ने क्षमता चीनसँग रहेको र द्वन्द्वबाट उत्पन्न सम्भावित मौद्रिक चुनौती जोगाउन तथा सामना गर्न तत्पर रहेको चीनको केन्द्रिय बैंक जनबैंकका पूर्व गभर्नर ताइ स्याङलुङले बताउनुभएको छ। ३१ तारिख पैचिङमा आयोजित चीन-अमेरिका आर्थिक व्यापारिक सम्बन्ध उच्चस्तरिय गोष्ठीमा सम्बोधन गर्दा उहाँले यस्तो भन्नुभएको हो। शेयर बजार तथा विनिमय दरको स्थिरताको संरक्षण गर्नसक्ने विश्वासको पनि उहाँले पुष्टि गर्नुभयो।

चीन अन्तर्राष्ट्रिय आर्थिक आदानप्रदान केन्द्रबाट आयोजित सो गोष्ठीमा ताइले सम्बोधन गर्दै चिनियाँ युआनको विनिमय दरको स्थिरताको बलियो जग बसालिएको बताउनुभयो। साथै उहाँले अमेरिकाले व्यापार द्वन्द्वलाई चर्कोँ पारिरहेकोमा विरोध गर्दै चीन आफूले आरएमबीको मूल्य घटाउने इच्छा नलिएको पनि औंल्याउनुभएको छ।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान