नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चाङमु-कोदारी नाकाको पुनर्निर्माणमा चीनका विभिन्न क्षेत्रको प्रयास

2019-06-01 18:56:05

मे २९ तारिख ४ वटा नेपाली मालवाहक ट्रकहरू तिब्बतको न्यालाम जिल्लास्थित मितेरी पुल हुँदै नेपालमा प्रवेश भएपछि ४ वर्षसम्म बन्द भएको चाङमु-कोदारी नाकाको सामान ढुवानी कार्य औपचारिक रूपमा पुनः संचालनमा आएको छ। सीमा क्षेत्रमा रहेका नेपालीहरू खुशी भएको देखियो।

यो नाका चीन-नेपालबीच सबैभन्दा ठूलो सुखा नाका थियो र सीमा व्यापारको ९० प्रतिशत यसै नाका हुँदै भएको थियो। चीन-नेपाल मित्रताको प्रवर्द्धनमा यो नाकाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्थ्यो। सन् २०१५को मे २५ तारिख नेपालमा विनाशकारी भूकम्प गएकोले बाटो, पुल, घरहरू र प्रबन्धहरू गम्भीर रूपमा ध्वस्त भएपछि नाका अस्थायी रूपमा बन्द भयो। बितेका ४ वर्षमा चीनका विभन्न क्षेत्रहरूले नाकाको पुनः संचालनको लागि अथक प्रयास गरेका छन् र गरिरहेका छन्।

विनाशकारी भूकम्पपछि चिनियाँ कम्पनी सीआरसीसीले तातोपानी जाँच चौकीको पुनर्निर्माण गरेको छ जुन नाका पुनः संचालनमा आउनको लागि निकै बलियो जग बसालियो।

२९ तारिख न्यालामको मितेरी पुलमा आयोजित चाङमु-कोदारी नाका पुनः संचालन समारोहमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै भन्नुभयोः

'नेपाल, चीन र तिब्बतबीच सदियौदेखिको सम्बन्ध रहेको छ। यसैले यस क्षेत्रका जनता र जनप्रतिनिधिको सक्रियतामा यो पुनः निर्माणको काम अघि बढेको छ। चिनियाँ सरकारको सहयोगमा समयमै यो नाका पुनः संचालन भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौं।'

नेपालको सिमावर्ती वासिन्दा फुर्वा तामाङले नाका पुनः संचालनमा आएपछि नयाँ काम पाएका छन्।

पहिले नाकामा हामीले यहीं काम गर्थ्यौं, लोड अनलोडको काम। तर बन्दभएपछि कुनै काम छैन घरमा खेतीपाती गरेर खाने बस्ने। अब हामी यहीं काम गर्न पाउँछ भनेर आशा गर्छौं।

फुर्वालाई काम दिएको कम्पनी चीनको तिब्बत दक्षिण एशिया लजिस्टिक कम्पनी हो। हालसम्म यसै कम्पनीले १० जना नेपालीको लागि रोजगारीको मौका प्रदान गरेको छ र व्यापारको संख्या बढ्नको लागि भविष्यमा थप रोजगारीको मौका प्रदान गर्ने योजना गरेको कम्पनीका जिम्मेवार व्यक्ति पुर्छो छरनले जानकारी दिए।

२९ तारिख चीनको तिब्बत स्वायत्त प्रदेशीय प्रमुख छी चालाले नाका पुनः संचालन समारोहमा सम्बोधन गर्दै भन्नुभएको छः

चाङमु-कोदारी नाकाको उज्ज्वल भविष्य होस्, चीन-नेपाल मित्रता अमर रहोस्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान