नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

बालिका तथा महिला शिक्षा सम्बन्धी युनेस्कोको विशेष सम्मेलनमा श्रीमती फङ सहभागी

2019-03-27 19:29:16

स्थानीय समय मार्च २६ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती, युनेस्कोकी बालिका तथा महिलाको शिक्षा प्रवर्द्धन दूत फङ लियुवानले पेरिसमा आयोजित बालिका तथा महिलाको शिक्षा सम्बन्धी विशेष सम्मेलनमा भाग लिनुभएको छ।

विशेष सम्मेलनमा श्रीमती फङले युनेस्को तथा पुरस्कार बिजेताहरूले बालिका तथा महिलाको शिक्षाको प्रवर्द्धन क्षेत्रमा गरेको प्रयासको सराहना गर्नुका साथै विशेष दूत भएपछिका ५ वर्षमा आफूले गरेको काम तथा चीनले पाएको सम्बद्ध सफल अनुभवबारे पनि जानकारी दिनुभएको छ। उहाँले अगाडि भन्नुभएको छः विज्ञान तथा शिप नै महिलाको भाग्यको परिवर्तन गराउने ठूलो शक्ति हुन् र समान तथा उच्च गुणस्तरीय शिक्षा पाएमा हरेक महिलाको जीवन रङ्गीन बन्ने अवसर प्राप्त हुन्छ।

युनेस्कोका महाप्रबन्धक औट्री आजौलैले चीनले यस क्षेत्रमा हासिल गरेको टड्कारो उपलब्धिको उच्च मूल्याङ्कन गर्दै फङले श्रेष्ठ योगदान दिनुभएकोमा धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान