नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

विश्व सुशासनबारे सी चिन फिङद्वारा “चीनको अडान” प्रस्तुत

2019-03-27 15:19:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनले मार्च 26 तारिख पेरिसमा चीन-फ्रान्स विश्व सुशासन मञ्चको समापन समारोहमा भाग लिनुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै विश्व सुशासनलाई संयुक्त रुपमा अगाडि बढाउने विषयबारे चार सूत्रीय “चीनको अडान” प्रस्तुत गर्नुभएको छ।

जर्मनीका चान्सलर एजेन्ला मर्केल, यूरोपेली संघ समितिका अध्यक्ष जिन जुन्करले उक्त समापान समारोहमा पनि भाग लिनुभयो। समापन समारोहअघि सी चिन फिङ, म्याक्रोन, मर्केल, जुन्करले चार पक्षीय भेटवार्ता पनि गर्नुभयो। उहाँहरूले बहुपक्षीयतावाद, चीन र यूरोपेली संघको रणनीतिक साझेदारी सम्बन्धको विकासबारे छलफल गरी सहमति प्राप्त गर्नुभयो।

राष्ट्राध्यक्ष सीले सम्बोधनका क्रममा विश्व सामु अभूतपूर्व परिवर्तन देखापरेको र मानवका सामु धेरै साझा चुनौती देखापरेको औँल्याउनुभयो। उहाँले विभिन्न मुलुकलाई मानवको भविश्य र भाग्यलाई आफ्नो हातमा नियन्त्रण गर्न आव्हान पनि गर्नुभयो।

राष्ट्राध्यक्ष सीले आर्थिक विश्वव्यापीकरण विश्वको आर्थिक बृद्धिलाई अगाडि बढाउने इजिन रहेको भन्दै चीनले विश्व व्यापार संगठनको आवश्यक सुधार गर्न सहयोग गरेको र चीनले फ्रान्सलगायतका विश्वको विभिन्न मुलुकलाई “बीआरआई”को निर्माणमा संलग्न हुन स्वागत गरेको बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान