नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

फ्रान्सेली राष्ट्रपति म्याक्रोन राष्ट्राध्यक्ष सीको भव्य विदाई समारोह

2019-03-27 15:16:03

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो मार्च 26 तारिख फ्रान्सको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। पेरिसबाट प्रस्थान गर्नुअघि सी चिन फिङ र श्रीमती फङ ली युआनले फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनका जोडीद्वारा एलिस दरबारमा आयोजित भव्य विदाई समारोहमा भाग लिनुभएको छ।

सीले राष्ट्रपति म्याक्रोनका जोडीप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँहरूको हार्दिक स्वागतले चिनियाँ जनताप्रति फ्रान्सेली जनताको मैत्रीपूर्ण भावना देखाएको बताउनुभयो। चिनियाँ जनता र सञ्चार-माध्यमले यसमाथि ध्यान दिएको र प्रशंसा गरेका कुरा पनि उहाँले उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सीले यस पटकको भ्रमण निकै सफल भएको औँल्याउँदै दुई मुलुकले व्यावहारिक सहयोगलाई सबल पार्ने र भ्रमणको उपलब्धिलाई व्यवहारमा उतार्ने कुरामा जोड दिनुभयो।

म्याक्रोनले राष्ट्राध्यक्ष सीको फ्रान्स भ्रमणले फ्रान्सेली र चिनियाँ जनताहरूको मैत्रीपूर्ण आदान-प्रदानलाई बढाउने बताउँदै आफू र राष्ट्राध्यक्ष सीको निर्देशनमा दुई मुलुकको सम्बन्ध निरन्तर रुपमा अगाडि विकास हुने आशा लिएको बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान