नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिन फिङद्वारा विश्वव्यापी चुनौतीको सामना गर्न प्रस्ताव

2019-03-27 15:11:46

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च 26 तारिख पेरिसमा फ्रान्सेली राष्ट्रपति ब्रिगीते म्याक्रोनसँग चीन-फ्रान्स विश्व सुशासन मञ्चको समापन समारोहमा भाग लिनुभएको छ। जर्मनीका चान्सलर एजेन्ला मर्केल, यूरोपेली संघ समितिका अध्यक्ष जिन जुन्करले पनि उक्त समापन समारोहमा सहभागी हुनुहुन्थ्यो। राष्ट्राध्यक्ष सीले “अझै राम्रो पृथ्वीको निर्माण गर्न बुद्धि र शक्ति उपलब्ध गराऔँ” शिर्षकमा मन्तव्य दिनु भएको छ। सीले विश्वव्यापी चुनौतीको सामना गर्न विभिन्न मुलुकले मानवको भविश्य र भाग्यलाई आफ्नो हातमा नियन्त्रण गर्नुपर्ने कुरा बताउनुभएको छ।

सीले चीन र फ्रान्स विश्व सुशासनका महत्वपूर्ण संलग्न पक्ष हुन् भन्दै विश्वको शान्ति, सुरक्षा र स्थिरताको संरक्षण, बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको संरक्षण, संयुक्त राष्ट्र संघलाई सकारात्मक भूमिका निर्वाह गर्न सहयोग गर्ने विषयमा दुई मुलुकको राजनीतिक सहमति र सहयोगको आधार भएको कुरा बताउनुभयो।

म्याक्रोनले राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नु भएको “बीआरआई”को महत्वपूर्ण अर्थ रहेको बताउँदै विश्वको शान्ति, विकास, जनताबीचको शान्तिपूर्ण अस्तित्वका लागि यसको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान