नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सी चिन फिङद्वारा चीन-फ्रान्स विश्व सुशासन मञ्चको समापन समारोहलाई सम्बोधन

2019-03-27 09:09:18 CRI

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङले मार्च २६ तारिख पेरिसमा फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोनसँगै मिलेर चीन-फ्रान्स विश्व सुशासन मञ्चको समापन समारोहमा सहभागी हुँदै त्यसलाई सम्बोधन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। जर्मनीका चांसलर एन्गेला मर्केल र यूरोपेली संघका अध्यक्ष जीन जान्कर पनि त्यस समारोहमा सहभागी हुनुभएको छ।

    आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले मञ्चको महत्वपूर्ण सहभागीको हैसियतले विश्व शान्ति, सुरक्षा र स्थिरताको सँरक्षण गर्ने, बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको सँरक्षण गर्ने तथा सकारात्मक भूमिका निर्वाह गर्न संयुक्त राष्ट्र संघलाई समर्थन गर्ने लगायतका महत्वपूर्ण विषयमा चीन र फ्रान्स दुवै देश बीच विस्तृत राजनीतिक मतैक्य र सहयोगको दृढ जग रहेको औँल्याउनुभएको छ।

    राष्ट्रपति म्याक्रोनले उक्त समारोहलाई सम्बोधन गर्दै चीनले अन्तर्राष्ट्रिय मामिलामा निर्वाह गर्दै आएको महत्वपूर्ण र सकारात्मक भूमिकाप्रति फ्रान्सले निकै महत्व दिनुका साथै चीनद्वारा प्रस्तुत बेल्ट एण्ड रोड प्रस्तावबाट विश्व शान्ति, स्थिरता र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसकिने विश्वास पनि व्यक्त गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान