नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा टर्कीको धारणाको विरोध

2019-02-11 19:02:59

चिनियाँ युगुर स्वायत प्रदेशसम्बन्धी टर्की विदेश मन्त्रालयका प्रवक्ताको आलोचना र आरोपप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले खण्डन गर्नुभएको छ। उहाँका अनुसार, टर्कीको गतिविधि अत्यधिक बेठीक र गैरजिम्मेवार रहेको छ। चीनले झुटको आधारमा रहेको अप्रत्याशित आरोपको दृढ विरोध गरेको छ। प्रवक्ता ह्वाले आज फेब्रुअरी 11 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

प्रवक्ता ह्वाले दोहोर्‍याउँदै बीसौं शताब्दीको 90 को दशकदेखि चीन र विदेशमा रहेका आतंकवादी, पृथकतावादी र उग्रवादी तीनवटा शक्तिले चिनियाँ युगुर स्वायत प्रदेशमा कयौँ हिंसात्मक आतंकवादी घटना रचेको बताउनुभयो। जसबाट धेरै निर्दोष सर्वसाधारण हताहत भएका छन्। युगुर स्वायत प्रदेशले अन्तर्राष्ट्रिय समाजको आतंकवादविरोधी अनुभवबाट सिकेर स्थानीय अवस्थाबमोजिम आतंकवादी र उग्रवादीको विरोध गरेर स्पष्ट उपलब्धि हासिल गरेको छ। युगुर स्वायत प्रदेशमा जनताको सुरक्षा, सुख र स्थिरताको भावना धेरै बढेको छ। कानुनबमोजिम युगुर स्वायत प्रदेशका जनतासँग पूर्ण धार्मिक स्वतन्त्रता र आफ्नो जातीय भाषाको प्रयोग गर्ने अधिकार रहेको छ। युगुर स्यायत प्रदेशमा विभिन्न जातीय जनताको सांस्कृतिक अधिकार र हित पनि कानुनी प्रत्याभूति र पूर्ण सम्मान गरिएको छ।

टर्की पनि बहुजातीय देश भएर आतंकवादी धम्की पनि पाएको छ। आतंकवादको विरोधमा दोहोरो मापदण्डको पालना गरेमा अरू र आफ्नो फाइदामाथि क्षति पुग्ने कुरा प्रवक्ता ह्वाले बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान