नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत चिनियाँ इतिहास अनुसन्धानालय स्थापना

2019-01-03 16:36:30 CRI

चीन सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत चिनियाँ इतिहास अनुसन्धानालय आज जनवरी ३ तारिख पैचिङमा स्थापित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अनुसन्धानालयलाई बधाई सन्देश पठाउँदै चीनभरि इतिहास अनुसन्धान क्षेत्रमा कार्यरत सबैलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले भन्नुभएको छः इतिहास एउटा ऐना हो र यही ऐनाबाट प्राचीन कालबारे जानकारी दिनुका साथै वर्तमान अवस्थाबारे पनि बुझ्नसकिन्छ। इतिहास पढेर बुद्धि बढाइन्छ। नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजबादको विकास गर्दा चीनको इतिहास तथा संस्कृतिको प्रणालीबद्ध अध्ययन गरेर मानवजातिको विकासको इतिहास तथा नियमबारे पनि गहन रूपमा बुझ्नुपर्छ। इतिहासको गहन विचार गर्दा बुद्धि थपेर भविष्य उन्मुख अघि बढ्नुपर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान