नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्रको पुनरूत्थान प्रक्रियामा ताइवानको स्थान

2019-01-02 19:56:13 CRI

जनवरी २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले 'ताइवान देशबन्धुको लागि पत्र' सार्वजनिक भएको ४० सौं वार्षिकोत्सव स्मृति कार्यक्रममा ताइवान जलडमरूका दुई किनारा छुटेको ७० वर्षयता भइरहेको विकास प्रक्रियाको सिंहावलोकन गर्नुभएको छ। उहाँले नयाँ युगमा दुई किनारा सम्बन्धको शान्ति विकास, देशको शान्तिपूर्ण एकीकरण प्रवर्द्धन सम्बन्धी ५ बुँदे नीति प्रस्तुत गर्नुभएको छ। उहाँले चीन एकीकरण हुने आवश्यकता छ र एकीकरण हुनु स्वाभाविकै भएको धारणा पनि व्यक्त गर्नुभएको छ। चिनियाँ राष्ट्रको पुनरूत्थान प्रक्रियामा ताइवानको सहभागिता अवश्य नै छ भन्दै चीनको एकीकरणबाट विश्वका विभिन्न मुलुकहरूको लागि विकासको मौका ल्याउने कुरामा पनि सीले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीको सो सम्बोधनबाट शान्तिपूर्ण एकीकरणका लागि चीनले देखाएको सबभन्दा ठूलो सदिच्छा भन्ने संकेत दिनुका साथै अति कम संख्यामा भएका ताइवान स्वतन्त्रतापक्षधरका कारक तत्व तथा हस्तक्षेप गर्न खोज्ने बाह्य शक्तिलाई पनि गम्भीर रूपमा चेतावनी दिइएको हो। सो सम्बोधनबाट चीनका सत्तारूढ पार्टी तथा चीन सरकारले देशको सार्वभौमसत्ता तथा भूभागको अक्षुणताको संरक्षण गर्ने अटल निश्चिततालाई पनि देखाइएको छ र नयाँ युगमा चीनको एकीकरणका लागि आधारभूत निर्देशन तथा सिद्धान्त पनि प्रदान गरेको छ।

४० वर्षअघि क्रियाशील ताइवानको अर्थतन्त्र मुख्य भूमिको धेरै अगाडि नै थियो भने ४० वर्षपछिको आज मुख्य भूमि नै विश्वको दोस्रो ठूलो आर्थिक एकाइ र ताइवानको सबभन्दा ठूलो व्यापारिक साझेदार, निर्यात बजार तथा प्रधान लगानी ठाँउ बनेको छ। दुई किनारा बीचको विकासको मिलन गहन रूपमा बन्दै गएको क्रममा सर्वसाधारणहरूको सुख अनुभव पनि बढ्दै गएको छ। सन् २०१८ को जनवरीदेख नोभेम्बरसम्म दुइ किनारा बीचको व्यापारमा संलग्न रकम २ खर्ब अमेरिकी डलर भन्दा बढी भएको साथै गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले बृद्धि भएको छ। ताइवानेलीहरू मुख्य भूमिमा भ्रमण गरेको संख्या ५६ लाख २९ हजार भएको छ। यसका साथै ताइवानसँग दौत्य सम्बन्ध राखेका बढी भन्दा बढी मुलुकले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्दै आएका छन् भने जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापित वा पुनः शुरू गरेका छन्। एक चीन सिद्धान्त अन्तर्राष्ट्रिय समाजमा अझ लोकप्रिय बनेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान