नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सीद्वारा रुसमा भएको कोइला ग्यास विस्फोटनप्रति समवेदना

2019-01-02 19:46:15 CRI

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज जनवरी दुई तारिख रुसको माग्निटोगोर्स्क शहरको नागरिक आबासीय भवनमा भएको कोइला ग्यास विस्फोटनबाट धेरै व्यक्तिहरूको हताहतबारे रुसका राष्ट्रपति भलाटिमिर पुटिनलाई समवेदना सन्देश पठाउनु भएको छ।

समवेदना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट उक्त विस्फोटनमा मृत्यु भएकाहरूप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै घाइते भएकाहरू र मृतकका परिवारका सदस्यहरूलाई समवेदना व्यक्त गर्नुभएको छ।

यसका साथै चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि उक्त घटनाबारे रुसका प्रधानमन्त्री दिमिट्री मेदभेदेभलाई समवेदना सन्देश पठाउनु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान