चीन-अफ्गानिस्तान-पाकिस्तानका विदेशमन्त्रीबीच दोस्रो बैठक 15तारिख काबुलमा आयोजना भएको छ। चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यी, अफ्गानिस्तानका विदेशमन्त्री सालाहुद्दिन रब्बानी र पाकिस्तानका विदेशमन्त्री मखदूम शाह महमूद हुस्सैन कुरेशी उक्त बैठकमा सहभागी हुनुभयो। तीन पक्षले अफ्गानिस्तानको शान्तिपूर्ण प्रक्रिया, अफ्गानिस्तान तथा पाकिस्तानबीच सम्बन्धको निरन्तर सुधार, “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण आदि विषयबारे सहमति गरेका छन्।
यो बैठकमा अफ्गानिस्तानको शान्तिपूर्ण प्रक्रियामा ध्यानाकर्षक मुख्य विषय हो। वार्तापछि पत्रकार सम्मेलनमा मन्त्री वाङले अफ्गानिस्तानको शान्तिपूर्ण प्रक्रियासामु महत्वपूर्ण मौका देखिएकाले तीनै पक्षले समन्वय सबल पार्दै तालिवानलाई सम्झौता-वार्तामा छिटै फर्काउने इच्छा राखेको कुरा बताउनुभयो।
अफ्गानिस्तानका विदेशमन्त्री सालाहुद्दिनका अनुसार, उक्त वार्ताले “आपसी राजनैतिक विश्वास तथा सम्झौता”, “विकास, सहयोग तथा आपसी सम्पर्क”, “सुरक्षासम्बन्धी सहयोग तथा आतंकवाद प्रतिरोधी सहयोग” लगायत विषयबारे छलफल गरेपछि अफ्गानिस्तान र सो क्षेत्रको सुरक्षा, स्थिरता र समृद्धिका लागि ज्यादै महत्वपूर्ण रहेको छ।
सम्बन्धमा अझै सुधार ल्याउन अफ्गानिस्तान र पाकिस्तानको प्रयासलाई चीनले प्रशंसा गर्नुका साथै त्यसमा समर्थन र सहयोग दिने इच्छा राखेको पनि चिनियाँ मन्त्री वाङले प्रकट गर्नुभयो। तीन पक्षले “बेल्ट एण्ड रोड” को साझा निर्माणको प्रारूपमा सहयोगलाई विस्तृत पार्ने सहमति गरेका छन्।
चीन र पाकिस्तानबीच आर्थिक करिडोरबाट धेरै फाईदा पाउँदा अफ्गानिस्तानले पनि त्यसमा भाग लिने आशा राखेको पाकिस्तानका विदेशमन्त्री कुरेशीले बताउनुभयो।