नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

हामीलाई कस्तो डिजिटल विश्व चाहिन्छ?

2018-11-09 09:45:43

    पाँचौँ विश्व इन्टर्नेट सम्मेलन नोभेम्बर ७ तारिखदेखि ९ तारिखसम्म चीनको ऊचनमा आयोजना भएको छ। सो अवसरमा “आपसी विश्वास आधारित संयुक्त व्यवस्थापन गर्ने डिजिटल विश्वको सिर्जना-हात मिलाएर इन्टर्नेटको भाग्य समूदायको रचना” शीर्षकबारे छलफल भएको छ।

    गत जुन महिनाको अन्तसम्ममा विश्वमा इन्टर्नेटको लोकप्रियता दर पच्पन्न प्रतिशत पुगेको छ भने लगभग चालीस अर्ब बीस करोड जनाले इन्टर्नेटमार्फत सूचना प्राप्त गर्छन् साथै इन्टर्नेटबाट आफ्नो जीवन शैली, सोचाई, तथा मूल्य धारणामा समेत परिवर्तन गर्छन्। त्यस कारणले इन्टर्नेटमा फैलिने विषय निकै महत्वपूर्ण बनेको छ। वल्ड वाइड वेबका आविष्कारक एवम बेलायतका कम्प्युटर विशेषज्ञ टिम बर्नर्स लीको विचारमा, माध्यमको रुपमा रहेको इन्टर्नेटमा सक्रिय विषय घट्दैछ र इन्टर्नेटलाई अझै बढी माया र हेरचाह चाहिन्छ।

    हाल हाम्रो जीवनशैलीको अभिन्न अङ्गको रूपमा रहेको इन्टर्नेट र परिवर्तनीय इन्टर्नेटमा फैलिने विषयको व्यवस्थापन गर्न वा सञ्चार माध्यमको पर्यवेक्षण गर्न अन्तर्राष्ट्रिय समूहको बहु-पक्षीय सहभागी हुनैपर्छ।

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पनि यस्तै भन्नुभएको छ -'इन्टर्नेट अदृश्य छ तर इन्टर्नेट प्रयोगकर्ता देखिन्छ त्यसैले विभिन्न मुलुकले इन्टर्नेटको भाग्य समूदायको संयुक्त रुपमा रचना गर्नुपर्छ।'


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान