नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन र उज्वेकिस्तानका प्रधानमन्त्रीबीच वार्ता

2018-10-13 14:17:41

चीनका प्रधानमन्त्री ली ख छ्याङ र उज्वेकिस्तानका प्रधानमन्त्री अबदुल्लाह आरिपोभले १२ तारिख दुशान्बेमा भेट-वार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीन र उज्वेकिस्तान मैत्रीपूर्ण छिमेकी मुलुक र चौतर्फी रणनैतिक साझेदारी हुन्। चीनले उज्वेकिस्तानसँग कुशल र वातावरण सुरक्षित उद्योग-व्यवसायबारे सहयोग गर्नुका साथै चीनको विकसित अनुभव बाँड्ने इच्छा लिएको प्रधानमन्त्री लीले औंल्याउनुभएको छ।

उज्वेकिस्तानको चीनसँगको उच्चस्तरीय द्विपक्षीय सम्बन्धबारे बोल्दै प्रधानमन्त्री आरिपोभले आफूलाई सन्तोष लागेको व्यक्त गर्नुभएको छ। “बेल्ट एण्ड रोड” प्रस्तावलाई सक्रिय रुपमा समर्थन गरेको र चीन-ताजिकिस्तान-उज्वेकिस्तान रेलवेको द्रुत निर्माण, सरकारबीचको समिति कार्यलाई अगाडि बढाउने, त्यसै गरी चीनसँग अर्थतन्त्र तथा व्यापार, लगानी, कृषि, शिक्षा तथा पर्यटन क्षेत्रको सहयोगलाई गहन पार्ने र नयाँ सहयोगात्मक क्षेत्रलाई विस्तार पार्ने आशा उज्वेकिस्तानले गरेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान