नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

ली ख छ्याङ र अफगानिस्तानी सी.ई.ओ. अर्थात् मुख्य कार्यकारी अधिकारी अब्दुल्लाहबीच भेटघाट

2018-10-13 14:17:58

चीनका प्रधानमन्त्री ली ख छ्याङले अक्टोबर १२ तारिख दिउँसो दुशान्बेमा अफगानिस्तानका मुख्य कार्यकारी अधिकारी अब्दुल्लाह अब्दुल्लाहसँग भेटघाट गर्नुभएको छ।

भेटमा लीले चीन र अफगानिस्तान परम्परागत मैत्रीपूर्ण छिमेकी भएको र चीनले अफगानिस्तानप्रति मैत्रीपूर्ण नीति निरन्तर रुपमा कायम गर्ने बताउनुभयो। चीनले अफगानिस्तानको राष्ट्रिय एकता सरकारलाई राष्ट्रिय सुरक्षा तथा स्थिरताको संरक्षण गर्न र राजनीतिक मेलमिलाप प्रक्रियालाई अगाडि बढाउन निरन्तर रुपमा समर्थन दिने र यसबारे निरन्तर रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने पनि लीले बताउनुभयो।

अब्दुल्लाहले चीन सधैं नै अफगानिस्तानी जनताको असल मित्र भएको बताउनुका साथै लामो समयदेखि अफगानिस्तानलाई समर्थन दिँदै आएकोमा कृतज्ञाता व्यक्त गर्नुभयो। साथै चीन अफगानिस्तानी पुनःनिर्माण र मेलमिलाप प्रक्रियामा सक्रियताका साथ संलग्न भएको पनि अब्दुल्लाहले बताउनुभयो। अफगानिस्तानले अर्थतन्त्र तथा व्यापार, बिजुली उत्पादन, कृषि उपज, आतंकवादी विरोधआदि क्षेत्रहरूको सहयोगलाई सबल पार्ने आशा लिएको पनि उहाँले बताउनुभयो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान