नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

प्रधानमन्त्री ली ख छ्याङ्ग र कजाकिस्तानका प्रधानमन्त्रीबीच वार्ता

2018-10-12 16:25:57

प्रधानमन्त्री ली ख छ्याङ्गले ११ तारिख दिउँसो ताजिकिस्तानको राजधानी दुशान्बेमा कजाकिस्तानका प्रधानमन्त्री बाक्यट्चान सागिन्टायेभसँग भेट-वार्ता गर्नुभएको छ।

प्रधानमन्त्री लीका अनुसार, चीन र कजाकिस्तान विश्वासिलो मैत्रिपूर्ण छिमेकी र आपसी हित र लाभका चौतर्फी रणनैतिक साझेदारी हुन्। दुई पक्षले एकआपसको स्थीरता, विकास र पुनःउत्थानलाई आफ्नो विकासका लागि एउटा अवसर भएको विचार राखेका छन्। चीनले कजाकिस्तानसँग उच्चस्तरीय आदान-प्रदानलाई कायम राख्नुका साथै “बेल्ट अण्ड रोड” प्रस्ताव र कजाकिस्तानको नयाँ अर्थतन्त्र नीतिलाई जोडेर नयाँ सहयोगलाई विस्तार पार्ने इच्छा लिएको छ। दुई पक्षले बन्दरगाहको सम्पर्कलाई सबल पार्नुका साथै व्यापारको परिमाण बढाएर बहुपक्षीय व्यापारिक प्रणाली र विश्वको खुला अर्थतन्त्रको सुरक्षा गर्ने आशा प्रधानमन्त्री लीले बताउनुभयो।

कजाकिस्तान र चीनको सम्बन्ध मैत्रिपूर्ण हुनुका साथै द्विपक्षीय व्यापार तथा सहयोग पनि क्रमशः बढ्दैआएको प्रधानमन्त्री सागिन्टायेभले व्यक्त गर्नुभयो। कजाकिस्तानले चीनसँग विकसित रणनीतिलाई गहिरो रुपमा जोडेर आपसी हित र विजयलाई साकार तुल्याउने इच्छा लिएको पनि बताउनुभयो।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान