नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनद्वारा जुनसुकै तरीकाको व्यापारिक संरक्षणवाद र दोहोरो मापदण्डको विरोध

2018-10-11 17:45:43

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले ११ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा “अमेरिका, मेक्सिको, क्यानाडा सम्झौता” अनुरूप क्यानाडाले लिएको अरु मुलुकहरूको उचित हितमाथि ध्यान पुर्‍याउनुपर्ने र आफ्नो निर्णयबमोजिम अरु मुलुकहरूसितको स्वतन्त्र व्यापार सम्झौतालाई अगाडि बढाउने अडानको चीनले प्रशंसा गरेको बताउनुभएको छ। यसका साथै उहाँले चीनले जुनसुकै तरीकाको व्यापारिक संरक्षणवाद र विभिन्न नाउँको दोहोरो मापदण्डको विरोध गरेको पनि बताउनुभएको छ।

चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले हालै क्यानाडाका विदेश मन्त्री क्रिस्टिया फ्रिल्याण्डसँग टेलिफोन वार्ता गर्नुभएको थियो। सो क्रममा फ्रिल्याण्डले “अमेरिका, मेक्सिको, क्यानाडा सम्झौता” बारे जानकारी दिनुभएको थियो। उहाँले क्यानाडाले आफ्नो निर्णयबमोजिम अरु मुलुकहरूसितको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धि वार्तालाई अगाडि बढाउने पनि बताउनुभयो। यसबारे प्रवक्ता लु खाङले विभिन्न क्षेत्र र विभिन्न किसिमको स्वतन्त्र व्यापारले खुला, पारदर्शी सिद्धान्तलाई पालना गर्नसक्ने, विश्व व्यापारका लागि अझै स्वतन्त्र र सहुलियत वातावरण सिर्जना गर्नसक्ने आशा चीनले लिएको बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान