नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ उत्पादन “ऋण जाल” हो कि?

2018-10-11 17:30:29

हालै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सम्बोधन गर्दै एशिया, अफ्रिका, यूरोप र ल्याटिन अमेरिकी क्षेत्रमा चीनले आधारभूत प्रबन्धको निर्माणका लागि खर्बौं अमेरिकी डलरको ऋण दिएर केही विकासोन्मुख मुलुकलाई “ऋण जाल” दिएको आलोचना गर्नुभएको छ।

पश्चिमी सञ्चार माध्यमले “ऋण जाल”को तथ्य खोल्दै पटक-पटक श्रीलंकाको हाम्बान्टोटा बन्दरगाहको उदाहरण दिने गरेका छन्। वास्तवमा श्रीलंका केन्द्रिय बैंकको तथ्याङ्ककाअनुसार चीनद्वारा दिइएको ऋण श्रीलंकाले लिएको वैदेशिक ऋणको करिब १० प्रतिशत मात्र भएको र त्यसमध्ये पनि उक्त ऋणको ६१.५ प्रतिशत ऋण अन्तर्राष्ट्रिय बजारको ब्याज दरभन्दा कम भएको राहत ऋण हो।

श्रीलंकाका प्रधानमन्त्रीले श्रीलंका चीनको “ऋण जाल”मा परेको छैन भन्ने कुरा पनि सार्वजनिक गरिसक्नुभएको छ। साथै सन् २०२० सम्ममा उक्त बन्दरगाहको आमदानी श्रीलंकाली सरकारी आम्दानीको ४० प्रतिशत पुग्नुका साथै यसबाट १० हजार प्रत्यक्ष रोजगार र ६० हजार अप्रत्यक्ष रोजगार दिने अनुमान गरिएको छ। यसै बीच श्रीलंकाका इन्टर्नेट प्रयोगकर्ताहरुले पनि उक्त कार्यक्रम निकै राम्रो र सक्रिय भएको विचार राखेका छन्।

श्रीलंकाबाहेक पाकिस्तान, फिलिपिन्स, भेनेजुएला, जिबूती, पपुआ न्यू गिनीलगायतका मुलुकहरु पनि चीनको “ऋण जाल”मा परेको तथ्य खोलेका छन्। किनकि यी सबै मुलुकहरुले चीनसँग “बेल्ट एण्ड रोड” योजनामा सहयोग गर्ने इच्छा लिएका छन्।

उदाहरणका लागि “बेल्ट एण्ड रोड” प्रस्तावमा प्रसिद्ध चीन-पाकिस्तान आर्थिक कोरिडोर पनि छ। पाकिस्तानी अर्थमन्त्री असाद उमरद्वारा संसदसमक्ष पेश गरिएको तथ्याङ्कका अनुसार, चीनबाट लिइएको ऋण सबै वैदेशिक ऋणको १२ प्रतिशत मात्र छ। चीन-पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत निर्मित २२ वटा योजनामध्ये १८ वटा योजना चीनबाट प्रत्यक्ष लगानी वा सहयोग गरिएका हुन्। चारवटा योजनाले मात्र चिनियाँ ऋण प्रयोग गरेका छन्। र ऋणको ब्याज दर लगभग २ प्रतिशत मात्र रहेको र पश्चिमी मुलुकको ऋण ब्याजभन्दा धेरै कम छ। हाल हरेक वर्ष पाकिस्तानको आर्थिक वृद्धिमा १-२ प्रतिशतको योगदान चीन-पाकिस्तान आर्थिक कोरिडोरबाट भइरहेको पनि जनाइएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान