नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीनको विदेशी मुद्रा विनिमय कोष न्यून मात्रामा घट्यो

2018-10-08 16:42:36

चिनियाँ जन बैंकले ७ तारिख सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय कोषको पछिल्लो तथ्यांकअनुसार, गत सेप्टेम्बरको अन्त्यमा चीनको विदेशी मुद्रा विनिमय कोष ३० खर्ब ८७ अर्ब अमेरिकी डलर पुगेको र गत अगष्टको अन्त्यको तुलनामा २२ अर्ब ७० करोड अमेरिकी डलर घटेको छ। विश्लेषणअनुसार, अनेकौं कारणबाट चीनको विदेशी मुद्रा विनिमय कोष न्यून मात्रामा घटेको छ। आगामी दिनमा चीनको विदेशी मुद्रा विनिमय कोषले घटबढ स्थितिमा स्थिरता कायम राख्ने छ।

चीनको राष्ट्रिय विदेशी मुद्रा विनिमय व्यवस्थापन व्यूरोका प्रवक्ता वाङ छुन यिङले बाहिरीय वातावरणको सामु अनिश्चितता देखापरेको तर चीनको अर्थतन्त्रमा बाहिरीय जोखिमको प्रतिरोध गर्ने क्षमता रहेको, र स्थिर स्थितिबाट विदेशी मुद्रा विनिमय बजारको स्थिरताका साथ सञ्चालनका लागि निरन्तर रुपमा जग बसाल्ने पनि बताउनुभएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान