चीन र 125 वटा मुलुक तथा क्षेत्रबीच द्विपक्षीय नागरिक उड्ययन परिवहन सम्झौतामा हस्ताक्षर_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चीन र 125 वटा मुलुक तथा क्षेत्रबीच द्विपक्षीय नागरिक उड्ययन परिवहन सम्झौतामा हस्ताक्षर

2018-08-11 14:56:42

“बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको पाँच वर्षयता चिनियाँ नागरिक उड्ययनले आधारभूत नेतृत्व भूमिका निर्वाह गरेको छ। हालसम्म चीनले 125 वटा मुलुक तथा क्षेत्रसँग सरकारहरूबीचको द्विपक्षीय उड्ययन परिवहन सम्झौतामा हस्ताक्षर गरेको छ। ती मुलुक र क्षेत्रमध्ये 62 वटा “बेल्ट एण्ड रोड” आबद्ध मुलुक तथा क्षेत्र हुन्।

चिनियाँ नागरिक उड्ययन व्यूरोअन्तर्गत विकास योजना विभागका अधिकारी चाङ छिङले दश तारिख नागरिक उड्ययन व्यूरोको पत्रकार सम्मेलनमा हाल चीनले आशियानसँग पहिलो क्षेत्रीय उड्ययन परिवहन सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनुभयो। साथै रुस, आर्मेनिया, इन्डोनेशिया, कम्बोडिया, बंगलादेश, इजरेल, मंगोलिया, मलेशिया, इजिप्टलगायतका “बेल्ट एण्ड रोड” आबद्ध मुलुकसँग पनि द्वीपक्षीय उड्ययन वार्ता गरेको उहाँले बताउनुभयो। यसका साथै उहाँले हालसम्म चीन र 45 वटा “बेल्ट एण्ड रोड” आबद्ध मुलुकबीच प्रत्यक्ष उडान भएको, हरेक साता करीब पाँच हजार एक सय उडान भएको जानकारी दिनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान