नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

बंगलादेश सरकारद्वारा लगानीका लागि चीनलाई स्वागत

2018-08-10 19:13:50

बंगलादेशका योजना मन्त्री मुस्ताफा कमेलले आठ तारिख बंगलादेशका लागि चिनियाँ राजदूत चाङ चोसँग भेटघाट गर्दै चीनलाई बंगलादेशमा लगानी बढाउन स्वागत गर्नुभएको छ। साथै पारस्परिक हित र साझा विजयको सपना साकार तुल्याउनसक्ने कुरा पनि बताउनुभएको छ।

मन्त्री कमेलले बंगलादेशले नयाँ ऊर्जा स्रोतद्वारा विजुली उत्पादन, समुद्री अर्थतन्त्र, मत्स्य, कृषि उपजको प्रशोधन, कपडा आदि क्षेत्रहरूमा लगानी लगाउन स्वागत गर्दै चीनलाई बंगलादेशको योजना मन्त्रालयले पनि सहायता गर्ने विश्वास प्रकट गर्नुभयो।

यसका साथै उहाँले लामो समय यता चीनले बंगलादेशको सामाजिक विकासका लागि दिएको समर्थनप्रति कृतज्ञता ज्ञापन गर्नुका साथै बंगलादेशको योजना मन्त्रालयले चिनियाँ राजदूतावाससँग नीति सम्पर्क तथा समन्वय प्रणालीको स्थापना गर्ने, बंगलादेश र चीनको आर्थिक तथा व्यापारिक सहयोगलाई अगाडि बढाउने पनि बताउनुभयो।

प्रत्युत्तरमा चाङ चोले हाल चीन र बंगलादेशको सम्बन्धको विकास प्रवृत्ति राम्रो भएको, अर्थतन्त्र र व्यापारआदि क्षेत्रहरूको सहयोग निरन्तर रुपमा बलियो भएको कुरा बताउनुभयो। चीनले अझै धेरै चिनियाँ पूंजीबाट संचालित उद्योग-व्यवसायहरूलाई लगानीका लागि बंगलादेश जान प्रोत्साहन गर्ने कुरा पनि उहाँले बताउनुभयो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान