सीद्वारा संयुक्त अरब एमिरेट्सका सञ्चार-माध्यममा लेख प्रकाशित_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

सीद्वारा संयुक्त अरब एमिरेट्सका सञ्चार-माध्यममा लेख प्रकाशित

2018-07-18 19:01:37

संयुक्त अरब एमिरेट्सको राजकीय भ्रमण गर्नुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुलाई अठार तारिख संयुक्त अरब एमिरेट्सको “संघीय पत्रिका” र “द नेशनल पत्रिका”मा “हात मिलाएर अगाडि ब‌औँ, भविष्यको सिर्जना गरौँ” शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

लेखमा सीले खालिफा बिन जायेद अल नाह्यानको निमन्त्रणामा आफूले जुलाई उन्नाईस तारिख संयुक्त अरब एमिरेट्सको राजकीय भ्रमण गर्ने र संयुक्त अरब एमिरेट्स चालू वर्ष आफ्नो पहिलो भ्रमणको पहिलो स्थान रहेको उल्लेख गर्नु भएको छ। आफूले चीनको राष्ट्राध्यक्षको पद सम्हालेपछि भ्रमण गर्ने पहिलो अरबेली मुलुक रहेको भन्ने कुरा उहाँले स्मरण गराउनु भएको छ।

सो लेखमा राष्ट्रध्यक्ष सीले दुई मुलुकका जनताले संयुक्त रुपमा समर्थन दिने र संलग्न हुने हो भने दुई मुलुकको सहयोग र साझा विजयको नयाँ इतिहासको सिर्जना गर्न सकिने उल्लेख गर्दै हाम्रो संसार र साझा भविष्यका लागि ठूलो योगदान दिनसकिने कुरा औँल्याउनुभएको छ।




पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान