नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

2018-06-17 16:54:58

बुबाप्रति ----परिवार र देश सम्बन्धी सी चिन फिङ तथा बुबाको गहिरो भावना

    “बुबाको बिंडो कहाँबाट थाम्ने र अफ्सोस गर्ने मूल्यवान तथा राम्रा प्रतिष्ठावान् कुरा धेरै छन्।”

    सी चिन फिङको कार्यालयमा विभिन्न युगमा खिचिएका पारिवारिक जीवनका फोटोहरू राखिएका छन्। तीमध्येको एउटा फोटोमा उहाँ ह्विल चेयरद्वारा आफ्ना बुबालाई अघि सारेर आफ्नी श्रीमती र छोरीसँगै घुमिरहनुहुन्छ।

    परिवारको माया गर्ने र आमा-बुबाको आदर गर्ने चीन राष्ट्रको परम्परागत राम्रो बानी सी चिन फिङको मनमा गहिरोसँग कोरिएको छ।

    पहिले उपप्रधानमन्त्री एवम् राज्य परिषद्का महासचिव नियुक्त हुनुभएका सी चोङ स्युन आफ्नो कामका अतिरिक्त चारजना छोराछोरीको हेरचाह गर्नुहुन्थ्यो। उहाँ उनीहरूका लागि नुहाउने र लुगा धुने काम गर्नुहुन्थ्यो। त्यति बेला उहाँले घरपरिचारिका पनि राख्नुभएन। किनकि सी चोङ स्युनले यस्तो कारवाईलाई परिवारको सबैभन्दा सुखी विषयको रुपमा व्यवहार गर्नुभयो। विशेषत: छोराछोरीहरूसँगै खेल्दा उहाँलाई साह्रै खुसी लाग्ने गर्दथ्यो। 

    कमरेड सी चोङ स्युनले छोराछोरीको निकै माया गरे तापनि उहाँले उनीहरूलाई कहिल्यै पनि पुलपुल्याउनुभएन।

    सी चिन फिङका आँखामा बुबाको मितव्ययिता निकै गम्भीर छ। “बाल्यकालदेखि नै हामीले बुबाको यस्तो गम्भीर शिक्षा बमोजिम मितव्ययी बानी बनाएका थियौं।”

    उदाहरणको शक्ति निकै महान छ! सी चोङ स्युनको जीवन क्रान्तिको जीवन, उज्ज्यालो जीवन र सक्दो प्रयासमार्फत जनताका लागि सेवाभावको जीवन रहेको छ।

    “तिमीहरूले चीनको क्रान्ति, निर्माण र सुधार सम्बन्धी अझ बढी ऐतिहासिक ज्ञान प्राप्त गरी बहादुरीको उदाहरणबाट सिक्दै पार्टी, मातृभूमि र जनताको माया गर्नुका साथै वास्तविक गतिविधिमार्फत लाल जीवनलाई विभिन्न पुस्तासम्म पुर्‍याउनसक्ने भन्ने मेरो आशा छ। ”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान