नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

आगामी दुई वर्षमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने सरकारी लक्ष्य

2018-06-13 19:29:34

    सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ। आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पु-याउने योजना सार्वजनिक गरेको थियो।

    सरकारले पर्यटन प्रवद्र्धनका लागि भन्दै 'भिजिट नेपाल १९९८', 'नेपाल टुरिजम इयर-२०११', 'भिजिन युरोप-२०१७' तथा सन् २०१७ भरि घुमफिर वर्षको मनाइएको थियो। उल्लिखित वर्षहरूमा विभिन्न लक्ष्य लिइए पनि २० वर्षअघिको लक्ष्य सन् २०१७ मा पूरा भयो। यो बीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए।

    के अबको दुई वर्षमा नेपाल आउने पर्यटकको संख्या दोब्बर होला ? यो चुनौतीपूर्ण लक्ष्य प्राप्त गर्न ५९ सदस्यीय 'नेपाल भ्रमण वर्ष-२०२० मूल आयोजक समिति ' गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी अध्यक्ष रहनुभएको सो समितिको सदस्यहरुमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, सातवटै प्रदेशका पर्यटनमन्त्रीहरु, मन्त्रालयका सचिव, मातहत निकायका प्रमुख, निजी क्षेत्रका पर्यटनसम्बन्धी विभिन्न संस्थाका अध्यक्षहरु हुनुहुन्छ।पर्यटनमन्त्री अधिकारीले नेपाल भ्रमण वर्षलाई सफल पार्न सबै निकाय सक्रिय ढंगले लाग्नुपर्ने बताउनुभयो।पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहनुभएका मूल आयोजक समितिका सदस्यसचिव दीपकराज जोशीका अनुसार नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको पहिलो बैठकले भ्रमण वर्षको प्रतीक चिह्न (लोगो) र उपसमितिहरु टुंगो लगाएको हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान