नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

नेपाल-तिब्बत कोरला नाका दुई वर्षमै सञ्चालन गर्न सकिने विज्ञको ठहर

2018-06-13 19:27:41

    नेपाल र तिब्बत जोड्ने नाका आगामी दुई वर्षभित्र सञ्चालन गर्न सकिने देखिएको छ। भन्सार विभागका महानिर्देशक तोयम रायासहितको ३ सदस्यीय टोली कोरला क्षेत्रको चार दिने भ्रमण गरी दुई वर्षभित्र नाका सञ्चालन गर्न सकिने निश्कर्ष निकालेको हो। महानिर्देशक रायाले सडक, पुल लगायतका पूर्वाधार निर्धारित समयमा तयार हुने हो भने २ वर्षभित्र कोरला नाका सञ्चालन गर्न सकिने जानकारी दिनुभयो। उहाँले अहिले पनि त्यहाँ छोटी भन्सार रहेको तर वर्षमा २ पटकका लागि मात्र खुल्ने गरेको बताउनुभयो।

    हाल कोरला नाकाबाट २३ किलोमिटर तल छोसारमा छोटी भन्सार सञ्चालनमा रहेको छ। छोसारमा क्वारेन्टाइन कार्यालय र प्रहरीको कार्यालय पनि छ। रायाका अनुसार छोसार समुद्री सतहबाट ३ हजार ९ सय र कोरला नाका ४ हजार ६ सय २० मिटरको उचाइमा छ। उच्च हिमाली क्षेत्र भए पनि कोरलामा डाँडाकाँडा छैनन्। तराईजस्तै भूभाग छ। त्यसैले पूर्वाधार निर्माण गरेर नाका सञ्चालन गर्न सहज देखिन्छ।

    बिजमाण्डु अनलाइनका अनुसार कोरला नाका सञ्चालनपछि म्याग्दी, कास्की, मुस्ताङ, बाग्लुङ, पर्बत, स्याङ्जालगायतका क्षेत्रमा चिनियाँ सामान पैठारी गर्न छिटो र सस्तो पर्छ। हाल यो क्षेत्रमा चिनियाँ मालसामान पुर्याउन वीरगञ्ज वा रसुवा नाकाबाट भित्र्याउनु परिरहेको छ। रसुवा नाकाबाट पैठारी गरिएका चिनियाँ सामान काठमाडौं हुँदै र वीरगञ्जबाट पैठारी गरिएका सामान नारायणघाट पोखरा हुँदै पुर्याउनु परिरहेको छ।

    कोरला नाका सञ्चालन भएपछि यी क्षेत्रमा चिनबाहेक अन्यत्रबाट आयातीत सामग्रीसितको परनिर्भरता पनि घट्ने छ। साथै तत्कालीन धौलागिरि अञ्चल व्यापारिक केन्द्र बन्न सक्ने तथा यस क्षेत्रको भौतिक, आर्थिक र सामाजिक विकासले छलाङ मार्न सक्ने विश्वास गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान