तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

शाङहाई सहयोग संगठनको छिङताउ शिखर सम्मेलन सम्पन्न

2018-06-10 16:25:16

शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका राष्ट्रनायक परिषदको १८औं शिखर सम्मेलन आज जुन १० तारिख विहान चिनियाँ शान तुङ्ग प्रान्तीय छिङताउ शहरमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शिखर सम्मेलनको अध्यक्षता गर्नुका साथै “ ‘शांगहाई भावना' अझ व्यापक बनाउनु, भाग्य समुदायको सिर्जना” शीर्षकमा सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले शाङहाई सहयोग संगठनको स्थापना भएको सत्र वर्षयता महत्वपूर्ण उपलब्धि प्राप्त भएको कुराको प्रशंसा गर्नुभएको छ। उहाँले विभिन्न पक्षसँग “शाङहाई भावना” अझ व्यापक बनाउन, वर्तमान युगको समस्याको समाधान गर्न र जोखिमको चुनौतिको सामना गर्न आव्हान गर्नुभएको छ। सबै सदस्य मुलुकका नेताहरूले “शाङहाई भावना”को निर्देशनमा हातमा हात मिलाएर संयुक्तरुपमा शाङहाई सहयोग संगठनको भाग्य समुदायको सिर्जना गर्ने अपेक्षा पनि सी चिन फिङले व्यक्त गर्नुभएको छ।

सत्र वर्षको विकासपछि शाङहाइ सहयोग संगठन विश्वमा सबभन्दा बढी क्षेत्रफल र सबैभन्दा धेरै जनसंख्या ढाकेको मिलिजुली क्षेत्रीय सहयोग संगठन बनिसकेको, सदस्य मुलुकहरूको कूल अर्थतन्त्र परिमाण तथा जनसंख्याले विश्वको कूल संख्याको २० प्रतिशत र ४० प्रतिशतले ओगटेका, तथा संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन बीच व्यापक सहयोगात्मक सम्बन्ध पनि स्थापना गरेको छ। विश्वको शान्ति, विकास, अन्तर्राष्ट्रिय न्याय तथा निष्पक्षताको संरक्षण क्षेत्रमा महत्वपूर्ण शक्ति बनिसकेको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले शाङहाई सहयोग संगठनसँग बलियो जैविक शक्ति र सहयोगात्मक शक्ति भएको मूल कारण सिर्जनात्मक रुपमा “शाङ्गहाई भावना” को प्रस्तुत गर्नुका साथै सधैं नै त्यसलाई व्यवहारमा उतारेर आपसी विश्वास, हितकर, समान, सल्लाहका साथ विविध सभ्यतालाई सम्मान गर्नुका साथै साझा विकास गर्ने धारणा लिएको कुरा बताउनुभयो। जसले सभ्यताको भिडन्त, शित युद्ध सोच तथा शून्य-योग खेललगायत पूरानो विचारलाई छोडेर अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा नयाँ पृष्ठ खोलेको छ। त्यसैले अन्तर्राष्ट्रिय जगतबाट यसलाई अझै बढी व्यापक स्वीकार गरिएको बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान