तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > सबैभन्दा पछिल्लो सूचना > विस्तृत विषय

चिनियाँ राष्ट्राध्यक्ष सी र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भेट-वार्ता

2018-05-09 09:20:01

मे सात र आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले चीनको ता ल्येन शहरमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग भेट-वार्ता गर्नुभएको छ। मैत्रीपूर्ण वातावरणमा दुई पक्षले चीन-उत्रर कोरिया सम्बन्ध र साझा रुचि भएका महत्वपूर्ण विषयबारे चौतर्फी तथा गहिरो रुपमा बैचारिक आदान-प्रदान गरेका छन्।

सो अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङले एक महिनाभन्दा बढी समयमा आफट्ठले कमरेड किमसँग दुईपटक वार्ता गरी घजिष्ठ सम्पर्क गरेको भन्दै आफूले कमरेड किमसँग मिलेर आपसीबीच सम्पन्न भएका सहमतको लागू गर्न आ-आफ्नो सम्बन्धित विभागलाई ताकिता गरी चीन-उत्तर कोरिया सम्बन्धलाई अघि बढाउने इच्छा लिएको बताउनुभयो।

प्रत्युत्तरमा किम जोङ ऊनले उत्तर कोरिया र चीनका पार्टी र देशका प्राचीन नेताबीचको आपसी विश्वास र मित्रता दुई देशबीच परम्परागत मित्रताको आधार हो भन्दै आफूले महासचिव सी चिन फिङसँग परम्पराको बिडो थामेर उपलब्धियुक्त ऐतिहासिक वार्ता गरी दुई देश सम्बन्धलाई अघि बढाएको दोहोर्‍याउनुभयो। एक महिनापछिको भेटवार्ताबाट आपसी विश्वासलाई बढाएर दुई देशबीच अझ घनिष्ट चौतर्फी विकास गर्नसकिने पनि उहाँले व्यक्त गर्नुभयो।




समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान